म्युनिखले पिएसजीलाई ३-१ ले हरायो « Khabarhub

म्युनिखले पिएसजीलाई ३-१ ले हरायो


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए महिला च्याम्पियन्स लिगमा वार्यन म्यूनिखले पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराएको छ।

गएराति भएको खेलमा वार्यनले पुनरागमन गर्दै ३-१ को जित निकालेको हो। पिएसजीका लागि खेलको १६ औं मिनेटमा सकिना कर्चौईकोले गोल गरे पनि उसले अग्रता जोगाउन सकेन।

वार्यनले पिएसजीले गोल गरेको एक मिनेट अर्थात् खेलको १७ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। उसका लागि पहिलो गाेल लिन्डा डल्लम्यानले गरिन् । त्यसपछि ३१ औं मिनेटमा मोमोको तनिकावाको गोलमा अग्रता लिएको वार्यटले खेलको अन्तिम समय ८९ मिनेटमा जोभाना जाकोभिचले गरेकाे गोलसँगै ३-१ को शानदार जित निकालेको हो।

त्यसैगरी गएराति नै भएका खेलमा चेल्सी र बार्सिलोना तथा रोमा र ओएच लेउभेनले १-१ को बराबरी खेलेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ०० बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर