नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस « Khabarhub

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नवलपुर – बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका–४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार खोलाले गाउँलाई बीचबाट काटेपछि साविकको मतदानस्थलमा जान करिब छ किलोमिटर टाढा पर्ने भएकाले मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । 

गएको बर्खामा खोलामा आएको बाढीले गाउँलाई बीचबाट काट्यो, जसले गर्दा पुरानो मतदानस्थल जान छ किलोमिटर टाढा पर्ने भयो । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई मतदानस्थलसम्म पुग्न समस्या हुने भएपछि मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र रहेको भन्दै शर्माले सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा आगामी निर्वाचनमा एक सय १४ मतदानस्थलमा तीन सय तीन मतदान केन्द्र हुने जानकारी दिए ।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको सङ्ख्या उल्लेख्य रहेको शर्माले बताए।

‘सरकारले निर्वाचनको मिति घोषणा गरेपछि तीन हजार ७९ जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराउनुभएको छ’, उनले भने, ‘यसपटक नाम दर्ता गराउनेमा अधिकांश जेन-जी उमेर समूहका युवा रहनुभएको छ ।’ 

उनका अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नुअघि जिल्लामा दुई लाख ६७ हजार मतदाता रहेका थिए । अहिले फोटो खिचाएका कति जनाको मतदाता परिचयपत्र आउने भन्ने कुरा केही दिनमा निर्धारण भएर आउने शर्माले बताए। 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा दुई लाख ६० हजार ४६१ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन् । अघिल्लो निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता प्रा.डा शशांक कोइराला र क्षेत्र नं २ बाट नेपाली कांग्रेसकै नेता विष्णु कार्की निर्वाचित भएका थिए। 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ४४ बजे

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको