टेकुदोभानका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यबारे छलफल  « Khabarhub

टेकुदोभानका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यबारे छलफल 


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली टेकु दोभानसम्मका सम्पदाहरूको संरक्षण, संवर्द्धन, रेखदेख तथा उचित प्रबन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताएका छन् ।

बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरूसँग छलफल गर्दै उनले परम्पराको निरन्तरता र भौतिक सांस्कृतिक सम्पदाको बचावटलाई नतिजा मानेर काम गरिने बताए । 

२०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरूको पुनः निर्माण सकेर गुठी संस्थानमा हस्तान्तरण भइसकेका सम्पत्तिको दिगो व्यवस्थापनबाट यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आपसी सहयोग, समन्वय र सहकार्यका लागि सम्झौता गरिनेछ संगतको भनाइ छ । 

दुई पक्षका दायित्वका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक मस्यौदा तयार भएको छ । यसमा आपसी पृष्ठपोषणपछि निर्णय प्रक्रियामा लैजाने तयारी भएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । 

उनका अनुसार भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली – टेकु दोभान नदी किनाराका सम्पदाहरूको ३ चरणमा पुनः निर्माण गरिएको छ । 

एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनः निर्माण, सबलीकरण (रेक्टोफिटिङ्), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गरिएको छ । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले व्यहोरेको छ । बाँकी ५० प्रतिशत एशियाली विकास बैङ्कको ऋण सहयोग हो ।

यसअन्तर्गत पहिलो चरणमा ११ वटा र दोस्रो चरणमा १३ वटा संरचना पुनः निर्माण सकेर  गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् ।

परियोजनाको पहिलो चरणमा ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपैयाँ लागतमा पुनः निर्माण गरिएको हो । यसबाट मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तलको पुनः निर्माण भएको हो । 

दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपियाँ लागतमा १३ वटा सम्पदा संरचना पुनः निर्माण सम्पन्न भएका हुन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । 

तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सबलीकरण भइसकेको छ ।  बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सबलीकरण भइसकेका छन् ।

तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपियाँ लागतको हो । यस चरणमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुन निर्माण भएको हो । 

२ किलोमिटर दुरीभित्र फैलिएको यो स्थानले महानगरका वडा नं. ११ र १२ गरी २ वटा वडा समेट्छ । यहाँ सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वका प्राचीन सम्पदा छन् । यी भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यताहरू पर्यटन प्रवर्धनका लागि अमूल्य पूर्वाधार हुन् । 

यी मूर्त सम्पदाहरूको कुनै न कुनै रूपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरूको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् । 

मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो, यो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ११ : १५ बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज