कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु « Khabarhub

कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताए। बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

सोभान्नाका अनुसार प्रारम्भिक अनुसन्धानले बसका चालक रात्रि समयमा सिम रिपबाट यात्रा थालेपछि निदाएर नियन्त्रण गुमाएको आशंका गरिएको छ । करिब साढे पाँच घण्टाको नियमित यात्रामा यस्तो घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उनले बताए। मृतकमध्ये चालक पनि समावेश छन् कि छैनन् भन्ने विषय खुलेको छैन ।

कम्बोडियामा सडक दुर्घटना मुलुककै गम्भीर समस्या मानिन्छ । सार्वजनिक निर्माण तथा यातायात मन्त्रालयका तथ्यांकअनुसार सन् २०२४ मा ट्राफिक दुर्घटनामा एक हजार ५०९ जनाले ज्यान गुमाएका थिए भने सन् २०२५ को पहिलो नौ महिनामै एक हजार ६२ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : १४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको