कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता « Khabarhub

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्री घिसिङले भने, ‘मैले कमला पुलबारे धेरै पटक सुनिरहेको हो, पुल यस क्षेत्र र समग्रमा मधेशको लाइफलाइन हो, कमला पुलको निर्माण विना यो क्षेत्रको समग्र विकास हुन सक्दैन।’ 

मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरू सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गरेका हुन् । अनुगमनकै क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिरहा पुगेका थिए ।

विसं २०६८ जेठमा रु २४ करोड ९१ लाख लागतमा पप्पु लुम्बिनी जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल हालसम्म सकिएको छैन । पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ ।

विसं २०७८ असार १७ को बाढीका कारण पुलका दुई जग भासिँदा क्षति भएको थियो । कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मन्त्री घिसिङले विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता समेत जनाए । अनुगमनकै क्रममा मन्त्री घिसिङलाई कमला पुल निर्माण सङ्घर्ष समितिले समेत चाँडो पुल निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । 
 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : ०३ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम