बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना गरियो (तस्बिरहरू) « Khabarhub

बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना गरियो (तस्बिरहरू)


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।

२०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो ।

तोरण पुनःस्थापित गराउनु अघि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नम्बर २३ (कुमारी घर रहेको वडा)का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए ।

उनीहरुले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औठाछाप लगाएर फिर्ता ल्याएका हुन् । त्यस क्रममा सम्पदा संरक्षणकर्मी, स्थानीयबासीहरुको उल्लासमय सहभागिता थियो ।

बाजा बजाएर पूजा गरेपछि कुमारी घरको मुख्य ढोकाको दायाँपट्टि रहेको झ्यालमाथिको उक्त तोरण पुनर्स्थापना गरिएको हाे ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ०३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको