काठमाडौंमा ‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्री- समिट सम्पन्न, ४०० भन्दा बढी सहभागी « Khabarhub

काठमाडौंमा ‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्री- समिट सम्पन्न, ४०० भन्दा बढी सहभागी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय राजदूतावास र एआई एसोसिएसन अफ नेपालले संयुक्त रूपमा ‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’ नामक कार्यक्रम काठमाडौंमा आयोजना गरेका छन्।

आगामी फागुन ७–८ मा नयाँ दिल्लीमा हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्री–समिटको मान्यता यस कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा स्टार्टअप, सरकारी निकाय, उद्योग वाणिज्य महासंघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, शैक्षिक संस्था, थिंक ट्याङ्क र सञ्चार क्षेत्रका ४०० भन्दा बढी प्रतिनिधि सहभागी भए।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल सरकारले अघि बढाइरहेको एआईसम्बन्धी पहल र सहकार्यका सम्भावनाबारे धारणा राखे।

पूर्ण सत्रमा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको ‘एआई फर अल’ अवधारणाको सिद्धान्त व्याख्या गर्दै एआई इम्प्याक्टसमिटको उद्देश्य विश्वव्यापी बहसलाई ‘एआईको प्रभाव’ केन्द्रित बनाउने बताए।

उनले नेपाली युवालाई एआई फर अल, एआई फर हर र र युवाय जस्ता चुनौतीमा सहभागी हुन प्रोत्साहित गरे।

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी अमिताभ नागले भाषिणीले भारतमा सार्वजनिक सेवालाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने विषयमा मुख्य प्रस्तुति दिए।

अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक अनिर्बान शर्माले एआई इम्प्याक्ट समिटको बारेमा सहभागीलगायतलाई जानकारी दिए।

यसपछि ‘लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ’ विषयमा विज्ञमण्डलको छलफल भयो, जसलाई एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलले सञ्चालन गरे।

सहसचिव आदेश खड्काले नेपालमा एआई नीति निर्माणका विषयमा धारणा राखे। रोबोटिक्स एसोसिएशनका अध्यक्ष ई. विकास गुरुङले युवामा रोबोटिक्स र एआईको आकर्षण बढाउन गरिएका पहल बताइन्।

वृद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा एआईको भूमिकामाथि प्रस्तुति दिए। अमिताभ नाग र अनिर्बान शर्माले पनि भारतको अनुभव साझा गरे।

कार्यक्रममा एआई एसोसिएसन अफ नेपालका राम शर्मा भट्टराई र दर्शन पराजुलीले एआई उपकरण र वास्तुकलामाथि कार्यशाला सञ्चालन गरे। कार्यशालामा भारतमा भाषिणी एआईका औद्योगिक उदाहरण पनि प्रस्तुत गरिएका थिए।

फागुन ७–८, २०२६ मा भारतमा आयोजना हुने एआई इम्प्याक्ट समिटका लागि अनलाइन आवेदन खुला गरिएको छ। आवेदन https://impact.indiaai.gov.in मार्फत गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ०७ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते