इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता « Khabarhub

इन्डोनेसियामा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।

हाल सम्म सात वटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।  

लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको कारण विपत्तिको आएको बताउँदै मुहारीले चुनौतीपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताए । 
 
स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुँदा १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेट अनुसार ९३४ बासिन्दाहरूलाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकहरूसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

खोजी प्रयासहरूलाई तिन क्षेत्रहरूमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्रहरू सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरणहरू प्रयोग गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४१ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ