लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर « Khabarhub

लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिमा रोयल्सविरुद्ध खेलिरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । 

१९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखराले ४ ओभरको दोस्रो बलमा दुवै ओपनरसहित तीन ब्याटर गुमाएको हो । 

तेस्रो विकेटका रुपमा किरण थगुन्ना ८ बलमा ९ रन बनाएर आउट भएका भए ।

पोखराका ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटन पनि सस्तैमा आउट भएका हुन् । दीपकले ९ बल खर्चेर १ चौकाको सहयोगमा ६ रन जोडे । 

एडम भने २ बल खेलेर १ रनमै आउट भए । 

दिनेश र किरण हर्मितसिंहको बलमा आउट भएका हुन् । एडम रन आउट भएका हुन् । 

सुरुवाती तीन ब्याटर सस्तैमा आउट भएपछि पोखराको ब्याटिङ दबाबमा परेको छ । सहज लक्ष्य भेट्याउन पोखरलाई मुस्किल पर्ने देखिन्छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पोखराले टस जितेर पहिला फिल्डिङ रोजेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको