लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर « Khabarhub

लगालग विकेट गुमेपछि पोखराको ब्याटिङ संकटतिर


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिमा रोयल्सविरुद्ध खेलिरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । 

१९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखराले ४ ओभरको दोस्रो बलमा दुवै ओपनरसहित तीन ब्याटर गुमाएको हो । 

तेस्रो विकेटका रुपमा किरण थगुन्ना ८ बलमा ९ रन बनाएर आउट भएका भए ।

पोखराका ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटन पनि सस्तैमा आउट भएका हुन् । दीपकले ९ बल खर्चेर १ चौकाको सहयोगमा ६ रन जोडे । 

एडम भने २ बल खेलेर १ रनमै आउट भए । 

दिनेश र किरण हर्मितसिंहको बलमा आउट भएका हुन् । एडम रन आउट भएका हुन् । 

सुरुवाती तीन ब्याटर सस्तैमा आउट भएपछि पोखराको ब्याटिङ दबाबमा परेको छ । सहज लक्ष्य भेट्याउन पोखरलाई मुस्किल पर्ने देखिन्छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पोखराले टस जितेर पहिला फिल्डिङ रोजेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ३९ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं