सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार « Khabarhub

सुदूरपश्चिमविरुद्ध फितलो बलिङले एनपीएलमा पोखराको लगातार दोस्रो हार


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध फितलो बलिङ प्रस्तुत गर्दा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

यससँगै पोखरा दुई खेलमा दुई हारको अवस्थामा पुगेको छ । यसअघिको खेलमा विराटनगर किङ्ससँग पोखरा ५३ रनले पराजित भएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने पोखरालाई हराउँदै दुई खेलमा शत प्रतिशत जित निकालेको छ । यस सिजनको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजविरुद्ध २९ रनको जित हासिल गरेको थियो ।

शुक्रबार पोखराविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १७५ रन बनायो ।

आजको खेलमा पोखराको बलिङ र ब्याटिङ दुवै फितलो रह्यो । सुरुवातमा पोखराका बलर नचल्दा सुदूरपश्चिमले ब्याटिङ उकासेको थियो । सुदूरपश्चिमका ओपनरद्वय जोश ब्राउन र विनोद भण्डारीले १०८ रनको साझेदारी गरे । १० ओभरको चौथो बलमा पुगेर पोखराले पहिलो विकेटको रुपमा ब्राउनलाई आउट गर्‍यो । ब्राउनले ३५ बलमा ६ चौका र ५ चौकाको सहयोगमा ६८ रन जोडे ।

उनी नै सुदूरपश्चिमबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । अर्का ओपनर विनोदले ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोडे । उनी टिमको दोस्रो सर्वाधिक रन बनाउने बने । पहिलो विकेट गुमेपछि क्रिजमा आएका क्रिश लिनले पनि १३ बलमा ३१ रन जोडे ।

पोखरा सुरुवाती बलिङ फितालो देखिएको थियो । १३ ओभरपछि पोखराले बलिङमा लय समातेको थियो । तर, त्यसबेलासम्म सुदूरपश्चिम २ विकेटको क्षतिमा १४२ रनको मजबुत अवस्थामा पुगेको थियो । डान डाउथवेटबाहेक अरु बलिङमा किफायती बन्न सकेनन् ।

डानले भने ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर हरमित सिंह र दीपेन्द्र सिंह ऐरी जस्ता महत्वपूर्ण खेलाडीको विकेट लिए । जेम्स निशमले दुई महत्वपूर्णसहित तीन विकेट लिए पनि धेरै रन खर्चिए । चार ओभर बलिङ गर्दा उनले ४७ रन खर्चिए । उनी नै पोखराका सबैभन्दा बढी रन खर्चिने खेलाडी बन्न पुगे ।

निशमले सुदूरपश्चिमका सर्वाधिक रन बनाउने जोश ब्राउन र पहिलो विकेट गएपछि क्रिजमा आएका क्रिस लिनलाई आउट गराए । सर्वाधिक दोस्रो रन बनाउने ओपनरसमेत रहेका विनोद भण्डारीलाई आकाश चन्दले आउट गराए ।

चार ओभर बलिङ गर्दा उनले ४४ रन खर्चिए । विपिन खत्रीको बलिङ आजको खेलमा चलेन । तीन ओभर बलिङ गर्दा उनले विकेटविहीन हुँदै २३ रन खर्चिए । सागर ढकाल पनि विकेटविहीन रहे । उनले चार ओभरमा ४१ रन खर्चिए । जवाफी ब्याटिङमा उत्रिएको पोखराका दुई ब्याटरको प्रस्तुती सुखद रह्यो ।

तथापि ब्याटिङ पनि फितलो नै मान्न सकिन्छ । ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटनले दोहोरो रन बनाउन सकेनन् । यीसहित ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

कप्तान कुशल भुर्तेल र जेम्स निशमले पोखराको ब्याटिङ उकासे पनि जितका लागि पर्याप्त भएन । भुर्तेलले अर्धशतक पूरा गर्दै ३२ बलमा चार चौका र चार छक्काको सहयोगमा ५३ रन जोडे । निशमले २५ बलमा पाँच छक्का र २ चौकाको सहयोगमा ४७ रन जोडे ।

महत्वपूर्ण विकेट गुमेपछि क्रिजमा गएका अलराउन्डर डान डाउथवेटको पोखरालाई जिताउने प्रयास असफल रह्यो । उनले १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा २७ रन जोडे ।

पोखराका लागि सबैभन्दा धेरै रन जोड्ने खेलाडी कप्तान कुशल भुर्तेलको विकेट सुदूरपश्चिमका स्कट कुगेलेइजनले लिए । उनले ४ ओभरमा ३३ रन खर्चिए ।

हरमित सिंहले ओपनर दिनेश खरेल र ब्याटर किरण ठगुन्नाको महत्वपूर्ण विकेट लिए । चार ओभरमा उनले २२ रन दिए । चार ओभर बलिङ गरेका अविनाश बोहोराले ३२ रन खर्चिए । उनले एक विकेट लिए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी खर्चिला साबित भए । उनले तीन ओभर बलिङ गर्दा २९ रन खर्चिए । तथापि टिमको दोस्रो सर्वाधिक रनकर्ता जेम्स निशमलाई आउट गराए । इशान पाण्डे टिमकै खर्चिला बलर बने । एक ओभर बलिङ गर्दा उनले १९ रन खर्चिए । नरेन साउदले एक ओभर बलिङ गर्दा ९ रन खर्चिएर एक विकेट लिए ।

खेलका थप तस्बिरहरु :

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५४ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई