राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता « Khabarhub

राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागले अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न सात लाख थान विद्युतीय राहदानी तथा वैयक्तिकरण सेवाका लागि वर्तमान आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ । विभागले आज सार्वजनिक गरेको सूचनामा तीन हप्ताभित्र राहदानी पुस्तिकाको पहिलो किस्ता प्राप्त हुने र त्यसपछि क्रमिक रूपमा थप आपूर्ति जारी रहने उल्लेख गरिएको छ ।

पर्याप्त मौज्दात सुनिश्चित भएसँगै केही समयदेखि बाध्यात्मक रूपमा गरिएको राहदानी उत्पादन कटौती हटाएको विभागले जनाएको छ । सेवा प्रवाहलाई सहज बनाउन विभागले नयाँ व्यवस्थाहरू लागू गरेको जानकारी दिएको छ । दैनिक एक हजार ‘एपोइन्टमेन्ट स्लाँट’ उपलब्ध गराउँदै आएकामा सेवाग्राहीको माग तथा विभागीय क्षमताअनुसार सो सङ्ख्या थप विस्तार गर्दै लगिने विभागले जनाएको छ । आवश्यक जनशक्ति परिचालन गरी अतिरिक्त समयमा पनि राहदानी छपाइ तथा वितरणकार्य छरितो बनाइने भएको छ ।

विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीका राहदानीहरू एकदेखि दुई हप्ताभित्र छपाइ गरी पठाइने व्यवस्था यथावत रहेको विभागले जनाएको छ । जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत आवेदन दिने सेवाग्राहीमध्ये गत कात्तिक १५ गतेसम्म आवेदन दर्ता गराएकाहरूका राहदानी दुई हप्ताभित्र पठाइनेछ भने सो मितिपछि प्राप्त आवेदन पहिलेझैँ क्रमशः छपाइ गरी पठाइने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

साथै, राहदानी विभागले राहदानी अभावका कारण सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति खेद व्यक्त गर्दै नयाँ व्यवस्थाले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ४४ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम