दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस « Khabarhub

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी – राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आज पेस गरिएको छ । आयोगका सदस्य मेहले पार्कीले एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको प्रतिवेदन पेस गरे । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस गरिएको हो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले दलित समुदायको हकअधिकार र समानताका लागि राष्ट्रिय दलित आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । गत कात्तिक २१ गते मात्रै गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेको जानकारी गराउँदै उनले समाजलाई न्यायपूर्ण र समतामूलक बनाउने दिशामा अघि बढाउनुपर्ने आवश्यकता र्आल्याए ।

जातिय विभेदको समस्यालाई ती समुदायको मात्र समस्याको रूपमा नलिई साझा समस्याका रूपमा लिनुपर्ने बताउँदै उनले वर्षौँदेखि जकडिएको छुवाछूत र भेद्भावको जालोलाई तोड्न ढिलाइ गर्न नहुने बताए ।

पेस भएको प्रतिवेदन मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेशसभामा पेस गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारबाही अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आयोगका सदस्य पार्कीले प्रतिवेदनमा दलित आयोगले गरेका प्रगति, आइपरेका चुनौती र आवश्यक सुझाव समेटिएको जानकारी दिए । संविधानमा समानुपातिक समावेशी सहभागिता भनिए पनि सबै क्षेत्रमा कार्यान्वयन नभइरहेको अवस्थाबारे उहाँले ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ३६ बजे

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका