शनिबार कांग्रेस महाधिवेशन तालिका पेस गर्ने तयारी « Khabarhub

शनिबार कांग्रेस महाधिवेशन तालिका पेस गर्ने तयारी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने तयारी गरिएको छ।

गत असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक शनिबार पुनः बस्दै छ। विशेष की नियमित महाधिवेशन भन्ने विवाद चलिरहेको बेला पुसको अन्तिम साताको प्रस्ताव पेस गर्ने तयारी छ।

वैशाखमा नियमित महाधिवेशन भन्ने विवादमा कांग्रेस छ। कांग्रेस त्यही विवादले राष्ट्रिय विषयमा समेत प्रवेश नगरी बैठक स्थगित गरेर बसेको छ।

दुवैतर्फको निरन्तरको अडानले कात्तिक २७ यता तीनपटक बैठक स्थगित भइसकेको छ। शनिबार दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पुस अन्तिमको नियमित महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले गरेका छन् ।

विशेष महाधिवेशनको अडान लिइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको विश्वासमा पुस अन्तिम साताको कार्यतालिका पेस गरी विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने तयारीमा खड्का लागेका छन्।

तत्काल महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्न माग गर्दै समूह बनाएका संस्थापन पक्षका २८ केन्द्रीय सदस्यहरूसँगको भेटमा शुक्रबार बिहान कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता जनाएका थिए।

त्यसका लागि नियमित महाधिवेशनमा प्रवेश गराउने उनको भनाइ थियो ्।

नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशन रोक्नका लागि पुस अन्तिम साताभित्र नियमित महाधिवेशन घोषणा गरी कार्यतालिका ल्याउनुपर्ने बताउँदै आएका थिए। उनले नियमित महाधिवेशनमा नजाने भए केन्द्रीय समितिको निर्णयबाटै विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए।

कोइरालासँग मिल्ने गरी संस्थापन पक्षका २८ केन्द्रीय सदस्यले पनि मिति घोषणा गरी तत्काल कार्यतालिका बनाएर त्यसअनुरुप प्रक्रिया सुरु गर्न माग गर्दै नेताहरूको ध्यानाकर्षण गराइरहेका छन्।

कार्यभार सभापति खड्काको नेतृत्वमा ढिलासम्म चलेको छलफलमा शनिबार पुस अन्तिम साताको नियमित महाधिवेशन कार्यतालिका महामन्त्रीले पेस गर्ने गृहकार्य भइरहेको छ। बैठकमा कार्यवाहक सभापति पूणबहादुर खड्काले पूर्णबहादुर खड्काले र्कातालिका पेस गर्र्ने सम्भावना छ।

संस्थापन पक्षका एक नेताका अनुसार, बिहीबार खड्काले नेताहरू विमलेन्द्र निधि र कृष्ण सिटौलासँग टेलिफोन संवाद गरेका थिए । तर, उनले शुक्रबार नेताहरूसँग संवाद गरेनन् । कार्यवाहक सभापति खड्का महामन्त्रीसहित हस्ताक्षरकर्ताहरूको सद्भाव बटुल्न लागिरहेको आरोप संस्थापन पक्षबाट लागेको छ ।

खड्काले यसअघिदेखि नै महामन्त्रीद्वयसँग सहकार्य गर्दै अहिले पनि उनीहरूकै दबाबमा निर्णय गर्न खोजिरहेको आरोप संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छ । संस्थापन पक्षका करिब ७० केन्द्रीय सदस्यले छुट्टै भेला र छलफल गरिरहेका छन् । उनीहरूले पार्टीभित्रै केही नेतालाई अग्रगामी र केही नेतालाई पश्चगामी भन्ने भाष्य निर्माण गर्ने काम मिडियामार्फत महामन्त्रीहरूले गरिरहेको र कार्यवाहक सभापति त्यसलाई आफ्नो व्यक्तित्व निर्माणसँग जोडेर हेरिरहेको उनीहरूको आरोप छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ४९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले