सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन सहमत « Khabarhub

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन सहमत


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

बारा – बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको वार्तापछि तीन बुँदे सहमति भएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो ।

वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेजस्ता तीन वटा विषयलाई सम्बोधन गर्ने कुरामा दुवै पक्षबीच सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

वार्तामा सहभागी जेनजीका अगुवाले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ‘ग्यारेण्टी’ हुनुपर्ने माग राखेका थिए । प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र जेनजीको तर्फबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव, बाराका अध्यक्ष सम्राट उपाध्यायसहित जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको सहभागिता थियो ।

बुधबारदेखि तनावमा रहेको सिमरा घटना साम्य पार्न छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । दुवै पक्षबीच छलफल जारी रहेको समयमा जेनजीका अगुवा गुरुङ सहभागी हुनुभएको उनले बताए ।

“जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता छन्”, प्रजिअ मिश्रले भने ।

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त बनेको थियो । स्थिति सामान्य बनाउन लगाइएको कफ्र्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ५१ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा