रौतहटमा सशस्त्र प्रहरीद्वारा चार महिनामा २ करोड १८ लाखभन्दा बढीको अवैध सामान बरामद « Khabarhub

रौतहटमा सशस्त्र प्रहरीद्वारा चार महिनामा २ करोड १८ लाखभन्दा बढीको अवैध सामान बरामद


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रौतहट- सशस्त्र प्रहरी बलले चार महिनामा झण्डै २ करोड १८ लाख ४ हजार २७ रुपैयाँबराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको छ।

गत साउनदेखि कार्तिक मसान्तसम्म सञ्चालन गरिएको नियमित गस्ती, विशेष अनुगमनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले पनि उक्त अवधिमा तस्करी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको बताए।

बरामद सामानमा किराना, कस्मेटिक‚ लत्ताकपडा, मोटरपार्टस्, सालको काठ, मदिरा, भारतीय माछा, ब्रोइलर कुखुरा, सेतो अण्डा र पटका जस्ता सामग्री फेला पारिएको एसपी अधिकारीले प्रहरीले जानकारी दिए।

यसबाहेक स्रोत नखुलेको ७ लाख २ हजार ४०० रुपैयाँ समेत बरामद गरिएको अधिकारीले बताए।

सामान ढुवानीमा प्रयोग भएका सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तथ्यांकअनुसार टिपर १, ट्याक्टर २, जेसीबी १, पिकअप २, म्याजिक १, अटो १, कार १, स्कार्पियो १, मोटरसाइकल ४८ र साइकल २ गरी ५६ वटा सवारीसाधन जफत गरिएको सशस्त्र प्रहरी रौतहटका प्रवक्ता डीएसपी दीपेन्द्र थापाले जानकारी दिए।

सीमाक्षेत्रमा प्रहरी बल सतर्कतापूर्वक परिचालन गरिएको प्रवक्ता थापाले बताए। ‘सूचनाका आधारमा चलाइएको अपरेसनले राम्रो परिणाम दिएको छ। आगामी दिनमा निगरानी अझ कडाइका साथ अघि बढाइनेछ’, उनले भने।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : ०१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको