मेचीनगरका ४६ जना किसानलाई कृषि औजार « Khabarhub

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ। नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो।

विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे। उनले मेचीनगर–७ को ‘राई बङ्गुर फार्म’का सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर-२ का हरिभक्त चापागाईँलाई चार वटा काउम्याट र मेचीनगर–४ को ‘उपकार कृषि फार्म’का सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको जानकारी दिए।

मेचीनगर–११ का १०, मेचीनगर-१० का तीन, मेचीनगर–५ र २ का एकरएक, मेचीनगर–८ का नौ, मेचीनगर–३ का १६ र मेचीनगर–१५ का तीन जनालाई कुटी काट्ने मेसिन प्रदान गरिएको हो।

कार्यक्रममा मेचीनगर-३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका किसानलाई दिएको औजारले पशुपालनमा सहज हुने बताए। किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा कृषि औजार वितरण गरिएको छ।

कार्यालयको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नगरस्तरीय कार्यक्रमअनुसार मागमा आधारित पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत (५० प्रतिशत अनुदान) अन्तर्गत आज वितरण गरिएको हो।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सहजीकरण गरेको कृषि औजार वितरण कार्यक्रमको प्रतिवेदन पशु विकास सेवा शाखा प्रमुख विक्रम गुरुङले प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : २९ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको