पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी « Khabarhub

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हानी पुर्‍याएको सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वसचिव सुशिल घिमिरेसँग १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालत, काठमाडौं इजलास नं. २ का सदस्यहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।

घिमिरेविरुद्ध ७४,३४३,४५० अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा) बराबरको हानी पुर्‍याएको अभियोगसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाही माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको थियो।

अभियोगअनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहेका घिमिरेले अन्य प्रतिवादीसँग मिलेमतो गरी स्वीकृत लागत १६९,६९७,००० अमेरिकी डलरबाट बढाएर २४४,०४०,४५० अमेरिकी डलर पुर्‍याई प्राधिकरणलाई हानी पुर्‍याएको दाबी गरिएको थियो ।

घिमिरेले भने अनुसन्धान तथा अदालतमा दिएको बयानमा आरोप अस्वीकार गरेका छन्। अदालतले मिसिल संलग्न कागजात, मन्त्रिपरिषद् तथा प्राधिकरणका निर्णय र प्रतिवादीको पदीय जिम्मेवारीलाई ध्यानमा राख्दै विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) अनुसार मुद्दा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : ४० बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये