आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड « Khabarhub

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

‘द ब्याड्स अफ बलिउड’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा आफ्नो करियरको पहिलो ठूलो उपलब्धि हासिल गरेका छन्। नयाँ दिल्लीमा आयोजित ‘एनडीटीवी इन्डियन अफ द इयर’ समारोहमा उनले डेब्यु वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ का लागि ‘बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर’ अवार्ड प्राप्त गरे।

अवार्ड ग्रहणपछि आर्यनको मन्तव्य निकै चर्चामा रह्यो। उनले ठट्टाको शैलीमा आफूलाई पनि बुबा जस्तै अवार्ड मनपर्ने र भविष्यमा अझ धेरै जित्ने आशा व्यक्त गरे। उनले यो पहिलो अवार्ड बुबालाई नभई आमा गौरी खानलाई समर्पण गरे। आमाले सधैँ राम्रो व्यवहार गर्न सिकाएको र आज यही कारणले अवार्ड पाएको व्यक्त गरे।

आर्यनले आफ्नो वेब सिरिजको कास्ट, क्रू र नेटफ्लिक्सलाई नयाँ निर्देशक प्रति भरोसा गरेकोमा धन्यवाद दिए। सेप्टेम्बर १८ मा रिलिज भएको यो सिरिज बलिउडमाथि बनाइएको व्यङ्ग्यात्मक कथा हो, जसले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ।

अभिनयभन्दा निर्देशन रोजेका आर्यन खानले पहिलो प्रयासमै सफलता पाउँदै आफ्नो छुट्टै पहिचान बनाउन थालेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ४६ बजे

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले