आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड « Khabarhub

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

‘द ब्याड्स अफ बलिउड’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा आफ्नो करियरको पहिलो ठूलो उपलब्धि हासिल गरेका छन्। नयाँ दिल्लीमा आयोजित ‘एनडीटीवी इन्डियन अफ द इयर’ समारोहमा उनले डेब्यु वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ का लागि ‘बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर’ अवार्ड प्राप्त गरे।

अवार्ड ग्रहणपछि आर्यनको मन्तव्य निकै चर्चामा रह्यो। उनले ठट्टाको शैलीमा आफूलाई पनि बुबा जस्तै अवार्ड मनपर्ने र भविष्यमा अझ धेरै जित्ने आशा व्यक्त गरे। उनले यो पहिलो अवार्ड बुबालाई नभई आमा गौरी खानलाई समर्पण गरे। आमाले सधैँ राम्रो व्यवहार गर्न सिकाएको र आज यही कारणले अवार्ड पाएको व्यक्त गरे।

आर्यनले आफ्नो वेब सिरिजको कास्ट, क्रू र नेटफ्लिक्सलाई नयाँ निर्देशक प्रति भरोसा गरेकोमा धन्यवाद दिए। सेप्टेम्बर १८ मा रिलिज भएको यो सिरिज बलिउडमाथि बनाइएको व्यङ्ग्यात्मक कथा हो, जसले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ।

अभिनयभन्दा निर्देशन रोजेका आर्यन खानले पहिलो प्रयासमै सफलता पाउँदै आफ्नो छुट्टै पहिचान बनाउन थालेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ४६ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले