परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की « Khabarhub

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

‘सरकारी कार्यालयमा हप्तामा एक दिन परम्परागत पोशाक लगाउनु उचित हुन्छ’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न उनले अनुरोध गरेकी हुन्।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का प्रतिनिधिसँगको भेटमा उनले सो कुरा व्यक्त गरेकी हुन्।

परिषद्का प्रतिनिधि गुरुङ संस्कृतिअनुरुपका परम्परागत वेशभूषामा उपस्थित भएका थिए।उक्त वेशभूषाको प्रशंसा गर्दै उनले सरकारी कार्यालयमा हप्तामा एक दिन भए पनि कर्मचारीले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा पनि राखिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सदै गएको पाइन्छ। आफ्नो पहिचान नै के हो भन्ने उनीहरुलाई थाहा छैन। तर हामी नेपालीहरुसँग प्रशस्त आफ्नोपन छ। विविध मौलिक संस्कृति र परम्परा छ। यो जोगाउनुपर्छ। बरु सरकारी कार्यालयहरुमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’

परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसारसम्बन्धी कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको परिषद्का महासचिव राजु गुरुङले जानकारी दिए।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ५७ बजे

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का

एकीकृत समाजवादीका भवानी खापुङ सिङ्गो टिमसहित एमालेमा प्रवेश

ह्रथुम– पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा