चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय « Khabarhub

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय सरकारले फिर्ता लिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन् ।  यसअघि परीक्षण शुल्क ६ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्‍याइएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले अब ६ हजार ५ सय मात्र शुल्क लिन पाउनेछन् ।

मन्त्रालयका अनुसार यसअघि केही स्वास्थ्य संस्थाहरूले तोकिएको भन्दा बढी शुल्क लिएको भन्ने गुनासो आएपछि शुल्क दर स्पष्ट गरिएको हो । 

मन्त्रालयले २०७९ मंसिर १० गते र २०७९ माघ ३० गतेका निर्णयका आधारमा स्वास्थ्य परीक्षण शुल्क अधिकतम ६,५०० रुपैयाँ कायम गरेको जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सम्बन्धी निर्देशिका, २०७९ अनुसार यो निर्णय लागू गरिएको मन्त्रालयले स्पष्ट पारेको छ । साथै, निर्णयअनुसार तोकिएको शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई तोकिएको दरभन्दा बढी शुल्क नतिर्न र बढी लिएको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ । 

सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात् छ हजार ५०० कायम गरेको हो । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको पालामा २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय मार्फत स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरी ९ हजार ५०० रुपैयाँ कायम गराइएको थियो । 

त्यसबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिए पनि गत मंसिरमा बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनः खारेज भएको हो । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : ०३ बजे

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का

एकीकृत समाजवादीका भवानी खापुङ सिङ्गो टिमसहित एमालेमा प्रवेश

ह्रथुम– पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा