नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन् « Khabarhub

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा परेकी छन् । भारतीय मिडियाका अनुसार सनबर्न फेस्टिभलमा प्रस्तुति दिन जाने क्रममा अपराह्न करिब ४ बजे मादक पदार्थ सेवन गरेका चालकले चलाएको कारले उनको सवारी साधनलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि नोरा फतेहीलाई तत्काल नजिकैको अस्पतालमा लगेर सामान्य प्राथमिक उपचार गरिएको थियो । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको र कुनै गम्भीर चोट नलागेको पुष्टि गरेका छन् । घटनाले केही समय त्रास सिर्जना गरे पनि नोरा पूर्ण रूपमा सुरक्षित रहेकी छन् ।

दुर्घटनाको पीडाका बाबजुद पनि नोरा फतेहीले आफ्नो व्यावसायिक प्रतिबद्धता कायम राख्दै सनबर्न फेस्टिभलको स्टेजमा उत्रिइन्।

उनले ऊर्जा र आत्मविश्वासका साथ दिएको प्रस्तुतिले दर्शक र फ्यानहरूको मन जितेको छ । दुर्घटनापछि पनि स्टेजमा देखिएको उनको जोश देखेर सामाजिक सञ्जालमा प्रशंसाको वर्षा भइरहेको छ । सनबर्नमा दिएको उनको प्रस्तुतिको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।

यस घटनापछि मुम्बई प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको छ । चालकविरुद्ध लापरबाहीपूर्वक सवारी चलाएको र नशामा गाडी चलाएको अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : ३५ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना