मौन पीडामा रहेकी कालिमायाको याचना … « Khabarhub

मौन पीडामा रहेकी कालिमायाको याचना …


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । छब्बीस वर्षीय उनका लागि  हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु  र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । 

उनी आफ्नो शरीरलाई आफै नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । शौच लगाएकै कपडामा हुन्छ । आमा कालिमायाले झलकलाई देखाउँदै भनिन्,’देखिहाल्नुभयो, झलकको अवस्था । यसरी बाँधेर राख्न मलाई रहर होला ?’ 

उनका अनुसार  झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा बस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो ।

कालिमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ । झलक चार वर्षका हुँदा उनले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु पर्‍यो ।

उनले भनिन्, ‘श्रीमान्ले अकल्पनीय  रुपमा सदाका लागि छाडेर जानुभएपछि  मैले नै फरक क्षमता (अपाङ्गता) भएको बाबुको हेरचाह गर्दै आएको छु । बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे । आजसम्म  आश्वासन र सहानुभूतिमात्र पाएको छु ।’

केही समयअघि एक संस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गरायो । तर यो सहायताले पनि कालिमायाको आशामा पूरै उज्यालो थप्न सकेन ।

उनले भनिन्, “ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ । अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ ।’

कालिमायाको माग धेरै छैन । उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा । बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय । उनले भनिन्, ‘जग्गा म आफैँ व्यवस्थापन गर्छु । तर कोठा बनाउन सहयोग चाहिएको हो ।’ 

झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिए  । रासस
 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : ५५ बजे

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ