बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास « Khabarhub

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । 

नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।

पदमार्ग विकास कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आज समापन भएको छ । 

नयाँ अन्वेषण गरिएको पदमार्गको विकास, प्रवर्द्धन र व्यवस्थापनका लागि सरोकारवालाको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजित तीनदिने तालिममा पाँचवटै पालिकाका उपाध्यक्षहरूसहित पर्यटन उद्यमीहरू, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमीहरू, सांस्कृतिक समूहका सदस्यहरू गरी कूल २५ जनाको सहभागिता रहेको थियो । 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धन र व्यवस्थापनका बारेमा छलफल भएको थियो । 

तालिम समापनका अवसरमा पाँच वर्षे पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन कार्ययोजना तयार गरी प्रस्तुत गरिनुका साथै २१ सदस्यीय बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवर्द्धन र व्यवस्थापन समिति गठन गरिएको छ । 

समितिको नेतृत्व हरेक गाउँपालिकाका उपाध्यक्षले आलोपालोका आधारमा गर्छन् भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमीहरूसहित २० जना सदस्य रहनेछन् । 

तालिममा समापनका अवसरमा नेपाल ट्रेकिङ एजेन्सिस एशोसिएशनका अध्यक्ष सागर पाण्डे र पाँचै गाउँपालिकाका अध्यक्षहरू, बारपाक सुलिकोट गाउँपालिकाका विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका धनप्रसाद, दोर्दी गाउँपालिकाका युवराज अधिकारी र मर्स्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङले नयाँ पदमार्गको सम्भावनाका बारेमा बोलेका थिए । 

तालिमलाई प्राविधिक स्रोत व्यक्ति डा चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गरेका थिए  भने संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र सुश्री पवित्रा तामाङले गरेका थिए । रासस

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय

भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न

काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश,

रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन : महामन्त्री बुर्लाकोटी

काठमाडौं – प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा अभाव देखिएका