‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै « Khabarhub

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको खोजी शुरु भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले कलाकार खोज्न थालेको हो ।

आइसफसलले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ र ‘रेड सुटकेस’ समीक्षात्मक रुपमा मन पराएका फिल्महरु निर्माण गरेको छ ।

कम्पनीका प्रमुख रामकृष्ण पोखरलेका अनुसार आइसफल सन् २०२६ मा फिचर फिल्म र सर्ट फिल्म निर्माणलाई गति दिने योजनामा रहेका कलाकारको खोजी भएको हो ।

जुनसुकै उमेर, जात र लिङ्ग भएका कलाकारले अडिसन दिनसक्ने उनले बताए । शीर्षदेखि सहायक कलाकारको भूमिकामा लागि अडिसन दिन लिइने उनले जनाए ।

उनले थपे, ‘अडिसनबाट आएका प्रतिभासँग समझदारी अनुसार काम गर्ने योजना छ ।’

अडिसनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected] मा पठाउनुपर्ने पोखरलले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ०५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट