डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु « Khabarhub

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ । देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५–जी सेवा सुरु गरेका छन् ।

श्रीलङ्का टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च गतिको इन्टरनेट तथा ५–जी प्रविधिका अनुप्रयोगहरू प्रदर्शन गरेको थियो । श्रीलङ्का टेलिकम समूहका अध्यक्ष मोथिलाल दे सिल्भाले ५–जी प्रविधिले डेटा आदान–प्रदानलाई छिटो बनाउने मात्र नभई कृत्रिम बौद्धिकता आधारित सेवाहरूको प्रयोगमा पनि व्यापक योगदान दिने बताए ।

डाइलग एक्सियाटाले बिहीबार ‘डाइलग ५–जी अल्ट्रा’ सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । देशभर रहेका दुई सयभन्दा बढी सक्रिय ५–जी केन्द्रमार्फत यो सेवाले पन्ध्र लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको छ ।

डाइलग एक्सियाटाका समूह प्रमुख कार्यकारी अधिकृत सुपुन वीरासिंहेले ५–जी सेवा श्रीलङ्काको डिजिटल संरचना बलियो बनाउन र भविष्यमा नवप्रवर्तन, उत्पादनशीलता तथा डिजिटल पहुँच विस्तार गर्न महत्वपूर्ण कदम रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ०२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने