फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से « Khabarhub

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५९५.१० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएका मध्ये २०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । आज ७ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिन्धु विकास बैंकको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ४० बजे

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १