कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ « Khabarhub

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

संसद् पुनर्स्थापना हुन नदिने अडान


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो राज्यसंयन्त्र नै आफूलाई फसाउन लागिपरेको आरोप लगाएका छन्।

सहकारी ठगी प्रकरणमा करिब नौ महिना कारागार जीवन बिताएर धरौटीमा रिहा भएका लामिछाने सोमबार बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘उत्सव मनाउने बेला छैन, जेन–जी विद्रोहमा कलिला केटाकेटीहरूको रगत चुहिएको छ।’

लामिछानेले आफूविरुद्ध राज्यसंयन्त्र र अपराधीहरू एक ठाउँमा उभिएर आक्रमण गरेको दाबी गरे। ‘एउटा मान्छेलाई सिंगो राज्यसंयन्त्र र सारा अपराधी मिलेर फसाउन खोजे, तर मलाई विश्वास छ, मैले सत्य छाडेको छैन,’ उनले भने।

४० लाख जनताले आफू एक्लो नभएको सन्देश दिएको भन्दै उनले जनताले आफूहरूमाथि भएका प्रहार देखिरहेको उल्लेख गरे।

चौतर्फी हमलाबीच पार्टीलाई उपसभापति डीपी अर्यालले नेतृत्व गरेर अघि बढाएको भन्दै उनले पार्टीप्रति आभार व्यक्त गरे। यात्राका क्रममा सबैलाई समेट्न नसकिएको स्वीकार गर्दै छुट्टिएका साथीहरूलाई शुभकामना पनि दिए।

देश परिवर्तनको संघारमा उभिएको दाबी गर्दै लामिछानेले जेन–जीले विद्रोह गरिसकेको र त्यसलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताए।

‘दुई दिनअघिसम्म म कारागारमै थिएँ,’ उनले भने, ‘संसद् पुनर्स्थापनाका लागि मानिसहरू कुदिरहेका छन् तर नेपाली जनतालाई बेवकुफ बनाउने संसद् पुनर्स्थापना हुनु हुँदैन।’

उनले बोल्दा बोल्दै माइक काटिने, भ्रष्टाचारका काण्ड छानबिन गर्न भन्यो भने सामसुम पार्ने संसद् नचाहिएको स्पष्ट पारे। ‘यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, ठूलो कुरा नगरे हुन्छ,’ उनले आक्रोश व्यक्त गरे।

लामिछानेले आफूले अझै न्याय पाउन बाँकी रहेको भन्दै आफ्नो न्यायका लागि मात्रै होइन, देशका लागि पनि लड्ने बताए। ‘परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिन रास्वपा कुनै पनि कदम चाल्न तयार छ,’ उनले भने।

अहिले विभिन्न भेटघाट र छलफलहरू चलिरहेकाले नयाँ दल र शक्तिहरू एकठाउँमा आउने संकेत उनले गरे । ‘कमजोर भएका बेला एकजुट भएर जानुपर्छ,’ उनले भने, ‘रास्वपासहित नयाँ शक्ति एक ढिक्का हुन तयार छौँ।’

आगामी राजनीतिक बाटोबारे बोल्दै लामिछानेले अहिले निर्वाचनमा जानुको विकल्प नरहेको बताए। जेन–जी पुस्ताका अपेक्षा पूरा हुनुपर्नेमा जोड दिँदै उनले सुशासन र निर्वाचनका सन्दर्भमा सरकारलाई रास्वपाको साथ रहने पनि स्पष्ट पारे।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ३३ बजे

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि