भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री « Khabarhub

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने कुरामा जेन-जी युवाहरूले सरकारलाई खबरदारी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् । 

आइतबार मन्त्रालयमा पदबहाली गरेको तीन महिनाको अवधिमा भएका मन्त्रालयगत उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री खरेलले जेन-जी युवाका विभिन्न समूहहरूले अघि सारेका मागप्रति सरकार जानकार रहेको भन्दै देशमा सुशासन कायम गर्ने कुरामा खबरदारी गर्न सडकमा जानु, शान्तिपूर्ण प्रदर्शन गर्नुलाई अन्यथा लिन नहुने बताएका हुन् । 

उनले जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि निर्मम रुपमा कार्य गर्दै अघि बढिरहेको जिकिर गरे । सरकार तोकिएको समयमा नै निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै उनले निर्वाचनको वातावरण सहज बन्दै गएको दाबी गरे ।

त्यस्तै मन्त्री खरेलले आफ्नो कार्यकालमा पत्रकार सरेश रजकलाई सहिद घोषणा, आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, निःशुल्क वाइफाई इन्टरनेट जडान लगायतका काम भएको जानकारी दिए । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : १५ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण