भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री « Khabarhub

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने कुरामा जेन-जी युवाहरूले सरकारलाई खबरदारी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् । 

आइतबार मन्त्रालयमा पदबहाली गरेको तीन महिनाको अवधिमा भएका मन्त्रालयगत उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री खरेलले जेन-जी युवाका विभिन्न समूहहरूले अघि सारेका मागप्रति सरकार जानकार रहेको भन्दै देशमा सुशासन कायम गर्ने कुरामा खबरदारी गर्न सडकमा जानु, शान्तिपूर्ण प्रदर्शन गर्नुलाई अन्यथा लिन नहुने बताएका हुन् । 

उनले जेन-जी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि निर्मम रुपमा कार्य गर्दै अघि बढिरहेको जिकिर गरे । सरकार तोकिएको समयमा नै निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै उनले निर्वाचनको वातावरण सहज बन्दै गएको दाबी गरे ।

त्यस्तै मन्त्री खरेलले आफ्नो कार्यकालमा पत्रकार सरेश रजकलाई सहिद घोषणा, आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, निःशुल्क वाइफाई इन्टरनेट जडान लगायतका काम भएको जानकारी दिए । 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : १५ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका