आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता « Khabarhub

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताए । 

उनले भने, ‘विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित जिल्लाका ६ विद्यालयमा ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको थियो । विभिन्न कारणले रोकिएको प्रतियोगिता आठ वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।’

प्रतियोगिताको मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुल रहेको छ । खेलहरू लहान नगरपालिका–१० स्थित खुला खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा जम्मा १० टोली सहभागी हुनेछन् भने कूल १५ खेल खेलाइनेछ, जसमध्ये पाँच खेल छात्रातर्फका रहने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुलका प्रबन्धक आयुश हमाल ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनले आठ वर्षपछि सञ्चालन हुन लागेको यस प्रतियोगिताले बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

विद्यालय फुटबल सङ्घका पूर्वाञ्चल अध्यक्ष तथा राष्ट्रिय ह्यान्डबल सङ्घका पूर्वकेन्द्रीय सदस्य पाण्डव हमाल ठकुरीले प्रतियोगिताले जिल्लाको खेल विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खेल आयोजकका अनुसार, सोमबार लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् भने पुस १२ गते युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले समापन गर्नेछन्  । प्रतियोगिताको विजेताले रु १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 
 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : १० बजे

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका