आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते « Khabarhub

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको र उहाँको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो भएको घटनाका बेला घरमा मृतक सुशीला, उहाँका सासू, ससुरा र नन्द घरमा नै भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उहाँका दुई छोरा र एक छोरी छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : ४० बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये