पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिदाइ भेटवार्ता भएको छ ।

चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।

पूर्वप्रधानमन्त्री खनालले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत सोङलाई बधाई दिँदै दुई मुलुकबीच सहयोग तथा सम्बन्ध विस्तार गर्न उनले निर्वाह गरेको भूमिका एवं योगदानको सराहना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सो अवसरमा राजदूत सोङले आगामी दिनमा दुवै मुलुकको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत सोङ आफ्नो कार्यकाल पूरा गरी चीन फिर्ता हुन लागेका छन् । ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : ०८ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र