छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’ « Khabarhub

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील सदस्यहरूलाई ‘नयाँ अफर’ दिएको छ । १४औँ महाधिवेशनमा नियतबस स्थानीय नेतृत्वबाट छुटाइएको र उचित कारणले नवीकरणमा छुटेकाहरूलाई केन्द्रमा निवेदन दिएर सदस्यता निरन्तर गर्ने ‘अफर’ समितिले दिएको हो । सदस्यता व्यवस्थापन समितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।

‘मृत्यु भएका, पार्टी छोडेका, बागी उमेदवारी दिएका, बागी विपक्षीको प्रस्तावक, समर्थक बसेर पार्टी केन्द्रबाट अनुशासनको कारबाहीमा परेकोबाहेकले १४औँ महाधिवेशनमा नवीकरणमा छुटेको निवेदन केन्द्रसमक्ष दिनुपर्ने छ,’ सदस्यता व्यवस्थापन केन्द्रीय समितिकी सदस्य सीता गुरुङले सोमबारको निर्णयबारे भनिन्, ‘केन्द्रमा आएको निवेदन हामी सम्बन्धित वडामै पठाउने छौँ ।’

उनले कतिपयको नियतबस छुटाइएको र कतिपयले व्यक्तिगत सम्बन्धका कारण नवीकरण नगरेको पाइएकाले यसपटक त्यस्तो नहोस् भनेर सन्देशसहित यस्तो निर्णय लिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : २२ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न