छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’ « Khabarhub

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील सदस्यहरूलाई ‘नयाँ अफर’ दिएको छ । १४औँ महाधिवेशनमा नियतबस स्थानीय नेतृत्वबाट छुटाइएको र उचित कारणले नवीकरणमा छुटेकाहरूलाई केन्द्रमा निवेदन दिएर सदस्यता निरन्तर गर्ने ‘अफर’ समितिले दिएको हो । सदस्यता व्यवस्थापन समितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।

‘मृत्यु भएका, पार्टी छोडेका, बागी उमेदवारी दिएका, बागी विपक्षीको प्रस्तावक, समर्थक बसेर पार्टी केन्द्रबाट अनुशासनको कारबाहीमा परेकोबाहेकले १४औँ महाधिवेशनमा नवीकरणमा छुटेको निवेदन केन्द्रसमक्ष दिनुपर्ने छ,’ सदस्यता व्यवस्थापन केन्द्रीय समितिकी सदस्य सीता गुरुङले सोमबारको निर्णयबारे भनिन्, ‘केन्द्रमा आएको निवेदन हामी सम्बन्धित वडामै पठाउने छौँ ।’

उनले कतिपयको नियतबस छुटाइएको र कतिपयले व्यक्तिगत सम्बन्धका कारण नवीकरण नगरेको पाइएकाले यसपटक त्यस्तो नहोस् भनेर सन्देशसहित यस्तो निर्णय लिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : २२ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको