सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र लाइबेरियाबीच समझदारी « Khabarhub

सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र लाइबेरियाबीच समझदारी


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र अफ्रिकी मुलुक लाइबेरियाबीच समझदारी भएको छ । यस विषयमा दुबै मुलुकले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार समझदारीपत्रमा हस्ताक्षर भएपछि दुई मुलुकले औषधिमा साझा गुणस्तर मापदण्डलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस सम्झौतालाई वृहद विश्व स्वास्थ्य साझेदारीसँग पनि जोडेर हेरिएको छ ।

समझदारीपत्रमा लाइबेरियाका स्वास्थ्यमन्त्री लुइज एम क्पोटो र लाइबेरियाका लागि भारतीय राजदूत मनोज विहारी वर्माले हस्ताक्षर गरेका छन् ।

भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यस समझदारीले दुई मुलुकबीच कायम साझेदारीलाई थप मजबुत बनाउने स्वास्थ्य मन्त्रालयको अपेक्षा छ ।

लाइबेरियाको मोनरोभियामा रहेको भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस समझदारीपछि लाइबेरियाले भारतीय फार्माकोपियामा आधारित औषधि मापदण्ड स्वीकार गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ५२ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको