सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र लाइबेरियाबीच समझदारी « Khabarhub

सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र लाइबेरियाबीच समझदारी


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुरक्षित एवम् मितव्ययी औषधिको नियमनका लागि भारत र अफ्रिकी मुलुक लाइबेरियाबीच समझदारी भएको छ । यस विषयमा दुबै मुलुकले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार समझदारीपत्रमा हस्ताक्षर भएपछि दुई मुलुकले औषधिमा साझा गुणस्तर मापदण्डलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यस सम्झौतालाई वृहद विश्व स्वास्थ्य साझेदारीसँग पनि जोडेर हेरिएको छ ।

समझदारीपत्रमा लाइबेरियाका स्वास्थ्यमन्त्री लुइज एम क्पोटो र लाइबेरियाका लागि भारतीय राजदूत मनोज विहारी वर्माले हस्ताक्षर गरेका छन् ।

भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यस समझदारीले दुई मुलुकबीच कायम साझेदारीलाई थप मजबुत बनाउने स्वास्थ्य मन्त्रालयको अपेक्षा छ ।

लाइबेरियाको मोनरोभियामा रहेको भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस समझदारीपछि लाइबेरियाले भारतीय फार्माकोपियामा आधारित औषधि मापदण्ड स्वीकार गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ५२ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी