ताइवानी अधिकारकर्मीलाई दमन गरेको भन्दै अमेरिकाद्वारा चीनको निन्दा « Khabarhub

ताइवानी अधिकारकर्मीलाई दमन गरेको भन्दै अमेरिकाद्वारा चीनको निन्दा


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानी अधिकारकर्मीलाई दमन गरेको भन्दै अमेरिकाले चीनको निन्दा गरेको छ । अमेरिकाको कंग्रेसनल एक्जुकेटिभ कमिसन अन चाइना (सीईसीसी) ले जारी गरेको वार्षिक प्रतिवेदनमा चीनले ताइवानी अधिकारकर्मीमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइएको छ ।

प्रतिवेदनमा ताइवानी अधिकारकर्मी याङ ची युआनलाई चीनले राजनीतिक पूर्वाग्रह राखेर बन्दी बनाएको आरोप लगाइएको छ । उनलाई सन् २०२२ को अगस्ट महिनामा झेजियाङ प्रान्तको वेन्झोउ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

उनले ताइवानी स्वतन्त्रताका लागि गतिविधि गरेको आरोप लगाइएको छ । प्रतिवेदनमा यस्तै अरु धेरै अधिकारकर्मीलाई चीनले बन्धक बनाएको भन्दै उनीहरुको पक्षमा काम गर्न अमेरिकी सांसदहरुलाई आग्रह गरिएको छ ।

ताइपेइ टाइम्सका अनुुसार प्रतिवेदनमा चीनसँग आगामी भेटवार्ता तथा अन्य कूटनीतिक संवादका क्रममा यस्ता मुद्दा उठाउन पनि अधिकारीहरुलाई आग्रह गरिएको छ । टाइम्सका अनुसार अमेरिका चीन सम्बन्ध ऐन २००० अनुसार स्थापित सीईसीसीले चीनमा जारी मानव अधिकार उल्लङ्घनका घटनाबारे निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : ०४ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको