ताइवानी अधिकारकर्मीलाई दमन गरेको भन्दै अमेरिकाद्वारा चीनको निन्दा « Khabarhub

ताइवानी अधिकारकर्मीलाई दमन गरेको भन्दै अमेरिकाद्वारा चीनको निन्दा


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानी अधिकारकर्मीलाई दमन गरेको भन्दै अमेरिकाले चीनको निन्दा गरेको छ । अमेरिकाको कंग्रेसनल एक्जुकेटिभ कमिसन अन चाइना (सीईसीसी) ले जारी गरेको वार्षिक प्रतिवेदनमा चीनले ताइवानी अधिकारकर्मीमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइएको छ ।

प्रतिवेदनमा ताइवानी अधिकारकर्मी याङ ची युआनलाई चीनले राजनीतिक पूर्वाग्रह राखेर बन्दी बनाएको आरोप लगाइएको छ । उनलाई सन् २०२२ को अगस्ट महिनामा झेजियाङ प्रान्तको वेन्झोउ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

उनले ताइवानी स्वतन्त्रताका लागि गतिविधि गरेको आरोप लगाइएको छ । प्रतिवेदनमा यस्तै अरु धेरै अधिकारकर्मीलाई चीनले बन्धक बनाएको भन्दै उनीहरुको पक्षमा काम गर्न अमेरिकी सांसदहरुलाई आग्रह गरिएको छ ।

ताइपेइ टाइम्सका अनुुसार प्रतिवेदनमा चीनसँग आगामी भेटवार्ता तथा अन्य कूटनीतिक संवादका क्रममा यस्ता मुद्दा उठाउन पनि अधिकारीहरुलाई आग्रह गरिएको छ । टाइम्सका अनुसार अमेरिका चीन सम्बन्ध ऐन २००० अनुसार स्थापित सीईसीसीले चीनमा जारी मानव अधिकार उल्लङ्घनका घटनाबारे निगरानी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : ०४ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी