पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै « Khabarhub

पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै गएको छ । पछिल्ला १२ दिनमा मात्रै पञ्जाबमा ५० हजारभन्दा धेरैमा इन्फ्लुएन्जाको संक्रमण देखिएको छ ।

पञ्जाब प्रान्तको राजधानी लाहोरमा यो प्रकोप तीव्र गतिमा फैलिरहेको पाकिस्तानको समा टीभीले जनाएको छ । प्रकोप फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।

सङ्क्रमितमा सुख्खा खोकी लाग्ने, रुघा लाग्ने, टाउको र शरीरका विभिन्न अङ्ग दुख्ने समस्या देखिएको छ । चिकित्सा परीक्षणमा बिरामीमध्ये अधिकांशमा इन्फ्लुएन्जा ‘ए’ एच३एन२ भाइरस फेला परेको छ ।

विज्ञहरुले यो प्रकोप डिसेम्बरदेखि फेब्रुअरी महिनाको बीचमा अझ फैलिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : १६ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी