यु-१९ महिला विश्वकप : आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

यु-१९ महिला विश्वकप : आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा बुधबार नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल खेल्न लागेको हो।

पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यका साथ नेपाल आज मैदानमा हुनेछ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल समूह ‘डी’को पुछारमा छ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो। नेपालले पहिलो खेलमा बंगलादेशसँग टस हारेर सुरुमा ब्याटिङ गरेको थियो। बंगलादेशविरुद्ध १८.२ ओभरमा नेपाल ५२ रनमा अलआउट भएको थियो। ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।

स्कटल्याण्डसँग भने नेपाल एक विकेटले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको थियो। आजको खेलमा पराजित भएमा नेपाल समूह चरणबाटै घर फर्किनेछ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : २१ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य