पुराण वाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिँदै | Khabarhub Khabarhub

पुराण वाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिँदै


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको छ ।

पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् ।

धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई  आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् ।

पुराण सुनेरै दुराचार, भ्रष्टाचार अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । पुराण सुनेरै मानिस सदाचारतिर लाग्ने गरेको उनको अनुभव छ ।

पुराणका कथावाचनलाई आम्दानीको माध्यमका रुपमा मात्र हेरेर व्यवसायिकरण गर्दै अशास्त्रीय कार्यलाई पनि शास्त्र हो भन्दै अयोग्य व्यक्ति पनि आफूलाई तडकभडकको आधारमा प्रवक्ता बनेर हिँड्ने क्रम बढेकाले कथावाचकलाई प्रमाण पत्र दिने व्यवस्था गर्न लागिएको अध्यक्ष उपाध्यायले बताए ।  कथावाचन गर्ने व्यक्तिको योग्यताको विद्वत्वर्गले जाँच गरेर प्रमाणपत्र दिँदा अझै राम्रो हुने भएकैले यसो गर्न लागिएको हो ।

यसको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गर्नेछ ।

विसं २०७७ मा मन्त्रिपरिषद्ले पारित गरेको समितिको गठन आदेशमा पनि कथा व्यासलगायत धार्मिक क्षेत्रको काम हेर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ ।

समितिलाई सघाउन धर्म, संस्कृतिका क्षेत्रमा खुलेका धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्थाले सहयोग गर्न लागेको पनि उपाध्यायले बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : २० बजे

टर्कीएको होटेलमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

एजेन्सी – उत्तरपश्चिम टर्कीएको एउटा होटेलमा भीषण आगलागी हुँदा ७६

ऐना पुछिरहेको कांग्रेस

उर्दू साहित्यका प्रसिद्ध कवि मिर्जा गालिवको बहुचर्चित शेर छ –

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल 

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ ।

विवादमा खेम : खुट्टाले बर्जर थिच्दा के अर्थ लाग्छ ?

काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन- ६’ को प्रसारण सुरु

निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना (तस्बिरहरु)

काठमाडौं– दलितका लागि दलित अभियान नेपालले ४५ औँ दिनसम्म सडकबाट उठाएको