मकवानपुर ट्राफिकले गर्‍यो एक करोड ३२ लाख राजस्व संकलन  « Khabarhub

मकवानपुर ट्राफिकले गर्‍यो एक करोड ३२ लाख राजस्व संकलन 


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती–  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ । 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१-८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन भएको छ । 

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व संकलन भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०८०-८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व संकलन गरेको थियो । 

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भीर घाइते भएका छन् । 

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ३० बजे

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका