ट्रम्पको शपथ समारोहमा खालिस्तानी नेता पन्नु पुगेपछि भारतलाई तनाव | Khabarhub Khabarhub

ट्रम्पको शपथ समारोहमा खालिस्तानी नेता पन्नु पुगेपछि भारतलाई तनाव

भारतबाट गएका थिए विदेशमन्त्री एस. जयशंकर


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एकजना खालिस्तानी नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ समरोहमा देखिएपछि भारतलाई तनाव भएको छ ।

भारतमा अलग्गै राज्य खालिस्तान माग्दै आन्दोलन गरिरहेका नेता गुरपतवन्न सिंह पन्नुलाई डोनाल्ड ट्रम्पको शपथ समारोहमा स्वागत गरिएको हो ।

उक्त शपथ समारोहमा भारतबाट विदेशमन्त्री एस. जयशंकरसमेत सहभागी भएका थिए । पन्नुलाई भारतमा अलग्गै देश बनाउन अभियान चलाएको आरोपमा ‘मोस्ट वान्टेड’आतंकवादीको सूचीमा राखिएको छ।

पन्नुले ट्रम्पको शपथका क्रममा ‘खालिस्तान जिन्दाबाद’को नारासमेत लगाएको भिडियो अहिले भाइरल भइरहेको छ । भारतका अधिकारीहरूले ट्रम्पको अतिसुरक्षित शपथ ग्रहण समारोहमा एकजना आतंकवादीको उपस्थिति भएको भन्दै चिन्ता जनाएको छ।

शपथग्रहरण समारोहमा गुरपतवन्त सिंह पन्नु सहभागी भइरहेका बेला त्यही कार्यक्रममा भारतका विदेश मन्त्री एस जयशंकर पनि थिए । यसलाई लिएर भारतका अधिकारीहरूले चिन्ता जनाएका छन् ।

भारतमा खालिस्तानी अभियान चलाइरहेका पन्नुलाई अमेरिकाले मञ्च दिएपछि नयाँदिल्लीलाई तनाव भएको हो । भारतको‘मोस्ट वान्टेड’सूचीका पन्नुले ट्रम्पको शपथमा अतिथिका रुपमा भाग लिँदा खालिस्तान जिन्दाबादको नारा लगाएकोमा भारतको चिन्ता बढेको हो ।

खासगरी खालिस्तानी अभियानलाई क्यानाडा र अमेरिकासहितका पश्चिमा देशहरूले साथ दिइरहेका छन् । पन्नु ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी भएको विषय पनि भारतका लागि चासो बनेको छ ।

तर, उनले निम्तो पाएर पुगे या टिकट किनेर गए भन्ने खुलेको छैन । उनले आफ्नो पहुँच प्रयोग गरेर टिकट लिएको दाबी गरिएको छ। त्यसपछि उनले ट्रम्पको आधिकारिक शपथ समारोहमा प्रवेश पाएका थिए । गत वर्षमात्रै भारतका अधिकारीमाथि खालिस्तानी अभियन्ता गुरपतवन्त सिंह पन्नुको हत्याको षड्यन्त्र गरेको आरोप अमेरिका र क्यानाडाले लगाएका थिए ।

सन् २०२३ मा न्यूयोर्कमा खालिस्तानी अभियन्ता गुरपतवन्त सिंह पन्नुको हत्या कोशिश भारतीय एजेन्टमार्फत् भएकव दाबी अमेरिकाले गरेको थियो ।

अमेरिकाले उक्त आरोप लगाएपछि जाँचको आदेश दिएको थियो । अमेरिकाले विकास यादवको नाम पन्नुको हत्याको असफल प्रयासको सम्बन्धनमा लिएको थियो । पन्नुसँग अमेरिका र क्यानाडा दुवै देशको नागरिकता छ । समाचार अनुसार विकास यादव भारतको जासुसी एजेन्सी रअका पूर्वअधिकारी हुन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १२ : ३९ बजे

देउवा भन्छन्- ऋण जहाँबाट पनि लिए हुन्छ, देश ‘डेब्ट ट्रयाप’मा पर्नु भएन

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका

अर्थसंक्षेप :सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, नेप्से ५२ अंकले बढ्यो

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५२.२६ अंकले बढेको छ

सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर

काठमाडौं– सुदूरपश्चिम प्रदेशका ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक