खेलौना पेस्तोल देखाएर पैसा माग्ने एक जना पक्राउ « Khabarhub

खेलौना पेस्तोल देखाएर पैसा माग्ने एक जना पक्राउ


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको सीमावर्ती इलाकामा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का जाबिर आलमको छोरा २० वर्षीय अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका- ४ मठीया गाउँ छेउमा आरोपी कलामले मंगलबार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको थियो।

आरोपी कलाम माथि मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : १० बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान