धनगढी उप-महानगरद्वारा १७ करोड राजस्व संकलन | Khabarhub Khabarhub

धनगढी उप-महानगरद्वारा १७ करोड राजस्व संकलन


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व संकलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको हो ।

सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर-मालपोतबाट एक करोड २३ लाख ६८ हजार, बहालकरबाट तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट  एक करोड ६५ लाख ४८ हजार राजस्व संकलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।

उनका अनुसार सिफारिस दस्तुरबाट रु ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३८ लाख ६१ हजार, बेरुजुबापत रु १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार राजस्व संकलन भएको हो । 

व्यक्तिगत घटना दर्ताबाट सात लाख सात हजार, परीक्षा शुल्कबाट सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट रु एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट संकलन भएको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व संकलन भएको उनले जानकारी दिए

उपमहानगरले गत आवको छ महिनामा १६ करोड पाँच लाख ९४ हजार राजस्व संकलन गरेको ओझाले जानकारी दिए । 

राजस्व संकलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व संकलन वृद्धि भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  २ : २४ बजे

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग