नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल  « Khabarhub

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल 


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । 

आज नेप्सेमा उछाल आउँदा कारोबार पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ । 

आज नेप्से २ प्रतिशतले बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ६९६ पटक शेयर किनबेच भएको छ । 

आज बजारमा उछाल आउँदा ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुनै पनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छैन । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज बजार बढ्दा अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज अन्य समूह ४.२४ प्रतिशतले बढेर २०९०.७४ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशतले बढेर ७०८०.१९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.३२ प्रतिशतले, विकास बैंक २.७४ प्रतिशतले, होटल तथा पर्यटन २.७१ प्रतिशतले, फाइनान्स ०.८९ प्रतिशतले, हाइड्रोपावर २.१२ प्रतिशतले, लगानी ३.८२ प्रतिशतले, जीवन बीमा १.८९ प्रतिशतले, लघुवित्त १.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.४९ प्रतिशतले, निर्जीवन बीमा १ प्रतिशतले र ट्रेडिङ समूह २.४५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : १७ बजे

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका