नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल  « Khabarhub

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल 


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । 

आज नेप्सेमा उछाल आउँदा कारोबार पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ । 

आज नेप्से २ प्रतिशतले बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ६९६ पटक शेयर किनबेच भएको छ । 

आज बजारमा उछाल आउँदा ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुनै पनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छैन । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज बजार बढ्दा अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज अन्य समूह ४.२४ प्रतिशतले बढेर २०९०.७४ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.०८ प्रतिशतले बढेर ७०८०.१९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.३२ प्रतिशतले, विकास बैंक २.७४ प्रतिशतले, होटल तथा पर्यटन २.७१ प्रतिशतले, फाइनान्स ०.८९ प्रतिशतले, हाइड्रोपावर २.१२ प्रतिशतले, लगानी ३.८२ प्रतिशतले, जीवन बीमा १.८९ प्रतिशतले, लघुवित्त १.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.४९ प्रतिशतले, निर्जीवन बीमा १ प्रतिशतले र ट्रेडिङ समूह २.४५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : १७ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त