सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, २ विकास बैंक र २ फाइनान्स कम्पनीमा पनि समस्या « Khabarhub

सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, २ विकास बैंक र २ फाइनान्स कम्पनीमा पनि समस्या


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सातवटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत ७ वटा विकास बैंकका सीईओलाई सचेत गराएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

लुम्बिनी, महालक्ष्मी, कामना, मुक्तिनाथ, सालपा, गरिमा र सप्तकोसी विकास बैंकलाई सचेत गराइएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको प्रवाह दुरुपयोग भएको सन्दर्भमा सचेत गराइएको नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले उल्लेख गरेको छ ।

‘पुन:कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेस गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीलाई पनि कारबाही गरिएको जनाएको छ । गरिमा विकास बैंकले कालोसूचीमा रहेको ऋणीलाई अधिविकर्ष कर्जा प्रवाह गरेकोले राष्ट्र बैंकले सचेत गराएको छ ।

 त्यस्तै, अर्को कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नै नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएर अगाडि बढेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ३४ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली