सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, २ विकास बैंक र २ फाइनान्स कम्पनीमा पनि समस्या « Khabarhub

सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, २ विकास बैंक र २ फाइनान्स कम्पनीमा पनि समस्या


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सातवटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत ७ वटा विकास बैंकका सीईओलाई सचेत गराएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

लुम्बिनी, महालक्ष्मी, कामना, मुक्तिनाथ, सालपा, गरिमा र सप्तकोसी विकास बैंकलाई सचेत गराइएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको प्रवाह दुरुपयोग भएको सन्दर्भमा सचेत गराइएको नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले उल्लेख गरेको छ ।

‘पुन:कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेस गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीलाई पनि कारबाही गरिएको जनाएको छ । गरिमा विकास बैंकले कालोसूचीमा रहेको ऋणीलाई अधिविकर्ष कर्जा प्रवाह गरेकोले राष्ट्र बैंकले सचेत गराएको छ ।

 त्यस्तै, अर्को कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नै नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएर अगाडि बढेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ३४ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु