सुदूरपश्चिममा विद्यार्थी र शैक्षिक संस्था घट्दै « Khabarhub

सुदूरपश्चिममा विद्यार्थी र शैक्षिक संस्था घट्दै


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका विद्यालय देखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थी र शैक्षिक संस्थाको सङ्ख्या घट्दै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनले पछिल्लो ३ वर्षमा सुदूरपश्चिम प्रदेशमा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थी र शैक्षिक संस्थाहरूको सङ्ख्या घट्दै गएको देखाएको हो ।

राष्ट्र बैंकको अध्ययनअनुसार पछिल्लो १ वर्षमा मात्रै सुदूरपश्चिम प्रदेशमा विद्यालयदेखि क्याम्पससम्मको तहमा अध्ययन गर्ने ८५ हजार १५ जना विद्यार्थी घटेका हुन् । त्यस्तै, पछिल्लो १ वर्षको समयमा सो प्रदेशमा ४१ वटा विद्यालयदेखि क्याम्पससम्मका शैक्षिक संस्था घटेको अध्ययनले देखाएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी एवं सामुदायिक विद्यालय, प्राविधिक शिक्षालय, त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आङ्गिक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालय तथा सो अन्तर्गतका आङ्गिक क्याम्पस गरी कुल ४,४१७ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेका छन् । 

आर्थिक वर्ष २०८०-८१ मा सबै किसिमका अध्ययन संस्थाहरुमा गरी कुल ८ लाख ८४ हजार ५ सय १ विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने उक्त संस्थाहरूमा कुल २१ हजार ८ सय ५५ जना शिक्षक-प्राध्यापकहरुले अध्यापन गराउँदै आएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ४१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित