ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ « Khabarhub

ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यभार सम्हाल्ने क्रममा गरेका घोषणाले विश्व राजनीति तरंगित छ ।

खासगरी अमेरिकाले अन्य शक्ति राष्ट्रलाई हेर्ने दृष्टिकोणलाई लिएर बहस भइरहेका बेला चिनियाँ राष्ट्रपति शी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भिडियो संवाद भएको छ।

दुवै नेताहरूबीच द्विपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विकल्पबारेमा कुरा भएको बताइएको छ।

शी चिनफिङले पुटिनसँग ‘रणनीतिक सहयोगलाई अझै ब्यापक बनाउने, आपसी समर्थनलाई मजबुत गर्ने र वैध हितको रक्षा’मा जोड दिएका छन् ।

मंगलबार ट्रम्पले बेइजिङमाथि कर बढाउने धम्की दिइसकेका छन् । उता रूसलाई यदि युक्रेनविरुद्धको युद्ध रोक्ने सम्झौता नगरेमा मस्कोले ‘ठूलो मुश्किल’को सामना गर्नुपर्ने चेतावनी उनले दिएका थिए ।

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानामा १० प्रतिशत कर लगाउने कुरामा विचार गरिरहेको बताएका छन् । चीनमाथि थप १० प्रतिशत कर आागमी फेब्रुअरीदेखि लगाउने तयारी ट्रम्पले गरेका छन् ।

रूसका विदेशी मामिलासम्बन्धी सल्लाहकार युरी यशाकोभका अनुसार पुटिनले शी चिनफिङसँग युक्रेनलाई लिएर हुने कुनै पनि सम्झौतामा रूसी हितको रक्षा हुनुपर्नेमा जोड दिए ।

दुवै देशका सञ्चारमाध्यमहरूले दुई नेताबीचको यो संवाद ट्रम्पको शपथ ग्रहणसँग सम्बन्धित नरहेको स्पष्टीकरण दिएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ५८ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स