सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर « Khabarhub

सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गत आवको अन्तिमसम्म सो प्रदेशका ८८ वटा पालिका मध्ये ६ वटा पालिका अझैसम्म पनि केन्द्रीय सडक पहुँचभन्दा बाहिर नै रहेका छन् ।

साथै, २६ वटा स्थानीय तहमा पनि कच्ची सडकको मात्रै पहुँच रहेको अध्ययनले देखाएको छ ।

 ‘आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म यस प्रदेशको जम्मा ८८ स्थानीय तहहरूमध्ये ६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पहुँच नपुगेको र २६ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगेको तर पक्की हुन बाँकी रहेको देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । 

सो प्रदेशमा सडक पूर्वाधार तर्फ २१२ कि।मि। कालोपत्रे पक्की सडक, १०६ कि।मि खण्डास्मित (ग्रावेल) सडक र १६० कि.मि माटेसडक गरी कुल ४७८ कि.मि. सडक निर्माण सम्पन्न भएको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ०३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी