दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई « Khabarhub

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भोजपुर – पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको छ । आज भएको फाइनल खेलमा तिवारीभञ्याङ फुटबल क्बललाई ४–३ गोल अन्तरले पराजित गर्दै राजगढले उपाधि जितेको हो ।

जितसँगै राजगढ फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता तिवारी भञ्याङ फुटबल क्लबले नगद रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए ।

राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धीरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बू र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई घोषित भएको आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।

विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालबालिकाको शाररीक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप आयोजना गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । समापन कार्यक्रमको प्रमुखअथितिका रुपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई रहेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ०४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको